
काठमाडौं । भारतबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएको छ ।
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोल र डिजेलको नयाँ मूल्यसूची पठाएको हो। नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ७.८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँले बढेर आएको छ।
यस्तै, प्रतिलिटर मट्टीतेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले बढेर आएको छ। आईओसीले ग्यासको मूल्य भने प्रतिसिलिन्डर करिब १०० रुपैयाँ घटाएर पठाएको छ।
आईओसीले हरेक १५–१५ दिनमा निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गर्छ। आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिम पदार्थको मूल्यमा हुने उतारचढावअनुसार नै मूल्य समायोजन गरी पठाउने गर्छ।
नेपालमा गत साउन १ गतेबाट पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू भइसकेको छ। स्वचालित प्रणालीबाट मूल्य समायोजन गरिने भएकोले पेट्रोल र डिजेलको मूल्य बढ्ने तथा ग्यासको घट्ने निगमले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend