logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ आउँछः मुख्यसचिव अर्याल

    नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ आउँछः मुख्यसचिव अर्याल

    1.3K
    Shares
    नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ आउँछः मुख्यसचिव अर्याल

    काठमाडौं । नेपाल सरकारका मुख्य सचिव डा. वैकुण्ठ अर्यालले नेपाली मौलिक उत्पादनमा लगानी र मेहनत गर्नसके मुलुकको निर्यातमा छलाङ मार्न सकिने बताएका छन् ।

    सोमवार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरू नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले यस्तो बताएका हुन् ।

    उनले निर्यात सम्भावना भएका वस्तुले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार पाउन सार्वजनिक, निजी र दातृनिकायले भुमिका महत्वपूर्ण हुने बताए ।

    उनले मुख्यसचिव अर्यालले आफ्नो उत्पादनलाई प्रतिष्पर्धी बनाउन उद्योगी व्यवसायीले मेहनत गर्न आवश्यक रहेको बताए । उनले उद्योगीहरुले सामान उत्पादन गरे भनेर मात्रै नहुने भन्दै अन्तर्राष्ट्रिय बजारमा बिक्री योग्य बनाउन आकर्षक प्याकेज र गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।

    उनले नेपाली अलैँची लगायतका वस्तुहरुको आकर्षक प्याकेज र गुणस्तरमा ध्यान दिनसके अन्तर्राष्ट्रिय बजारमा अहिलेको भन्दा सयौं गुणा राम्रो निर्यात गर्न सकिने अवस्था रहेको बताए । उनले नेपाली उत्पादन वस्तुहरु दिगोपनको लागि नभए जिडिपीमा भ्यालु एडिसन गरेर निर्यात गर्नसक्ने गरी वातावरण बनाउन आवश्यक रहेको बताए ।

    उनले नेपाली अलैँची ३ देखि ५ डलर विदेश निर्यात गरिहेको भन्दै अन्तर्राष्ट्रिय मार्केटको औषतमा १० डलरमा निर्यात भइरहेको बताए । उनले यस्ता वस्तुहरु सबै भन्दा बढी खपत हुने मार्केट खाडी मुलुकहरु भएको भन्दै खाडी मुलुकहरुमा अलैची १४ डलरमा निर्यात भइरहेको बताए ।

    उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारलाई सहजीकरण गर्न लजिस्टिक नीति बनाएको छ । त्यसलाई प्रभावकारी रुपमा लागू गर्न सकियो भने पनि भौतिक संरचना,नीतिगत समस्या र प्रमाणिकरणका हडल्सहरु हट्छन् । हामीले ठूलो परिणामको उत्पादनको विषयमा मात्रै कुरा गरिहेका छौं । हाम्रो क्षमता साना घरेलु तथा मझौला उद्योगमा छौं । साना घरेलु तथा मझौला उद्योगले उत्पादन गरेका उत्पादकत्व र गुणस्तर बढाउन सकियो र निर्यात हाउस बनाएर अन्तर्राष्ट्रिय बजारमा लैजान सकियो भने राम्रो हुन्छ । नेपाली उत्पादनलाई प्याकेजिङदेखि लिएर सबै कुरामा गुणस्तरिय बनाउन सकियो भने अलैची लगायतका वस्तुहरु अन्तर्राष्ट्रिय बजारमा अहिलेको सयौं गुणा राम्रो निर्यात गर्नसक्छौं । नेपाली उत्पादन वस्तुहरु दिगोपनाको लागि भए पुग्छ भनेर गरिरहेका छौं । अब दिगोपनाको लागि मात्रै होइन मुलुकभित्र भ्यालु एडिसन गरेर जानसक्ने गरी वातावरण बनाउनुपर्छ । होइन भने अलैँची ३ डर प्रतिकेजीमा ५ डलर पु¥याउँदा दङ्ग पर्ने अवस्था हुन्छौं । अन्तर्राष्ट्रिय मार्केटको औषतमा हेर्ने हो भने पनि १० डलर छ । सबैभन्दा बढी खपत हुने मार्केट भनेको गल्फ मुलुकहरु हो । गल्फ मुलुकमा १४ डलर समेत हुन्छ । हामी ३ देखि ५ डलरमा चिन्त बुझाएर बसेका छौं । त्यहाँ भन्दा बढी नजाने भनेको छौ। त्यसमा मेहनत गर्न सकेको छैनौं । यसमा थोरै लगानी र मेहनत गरियो भने राम्रोसँग छलाङ मार्नसक्छौं । त्यसको लागि सबैको हातेमालो आवश्यक छ ।’

    उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यापारलाई सहजीकरण गर्न लजिस्टिक नीतिलाई प्रभावकारी रुपमा लागू गर्न आवश्यक रहेको बताए ।

    उनले सरकार र उद्योगी व्यवसायीले ठूलो परिणामको उत्पादनमा मात्रै प्राथमिकता दिएको भन्दै साना घरेलु तथा मझौला उद्योगमा दिन आवश्यक रहेको बताए । उनले साना घरेलु तथा मझौला उद्योगले उत्पादन गरेका वस्तुहरुको उत्पादकत्व र गुणस्तर बढाउनसके अन्तराष्ट्रिय बजारमा निर्यात गर्न सकिने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend