logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रधानन्यायाधीश सिफारिस गर्न बसेकाे संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    प्रधानन्यायाधीश सिफारिस गर्न बसेकाे संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    917
    Shares
    प्रधानन्यायाधीश सिफारिस गर्न बसेकाे संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

    काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ ।

    आज मंगलवार अपराह्न४ बजेबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठक निष्कर्षबिहीन बनेको हो ।

    नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजण्डामा बसेको बैठकमा भावि प्रधानन्यायाधीशको नाम समेत बैठकमा प्रश्ताव नभएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए । उनले अर्को बैठक साउन १८ गते साँझ ५ बजे बस्नेगरी बैठक स्थगित भएको बताए ।

    उनले भने, ‘१८ गते ५ बजे अर्को बैठक बस्नेगरी आज हामी उठ्यौँ । प्रधानन्यायाधीशको लागि नाम सिफारिस गर्ने एजेण्डा थियो । १८ गते ५ बजे प्रधानन्यायाधीश लगायन रिक्त संवैधानिक पदहरुको बारेमा छलफल गर्नेगरी बैठक स्थगित भयो । नाममा प्रवेश नै भएन ।’

    आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने अध्यक्ष तिमिल्सिनाले बताए ।

    प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend