logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सांसद दाहालको आरोपः एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानविन समितिको माग गर्‍यो

    सांसद दाहालको आरोपः एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानविन समितिको माग गर्‍यो

    2.1K
    Shares
    सांसद दाहालको आरोपः एमालेले सुन तस्करलाई उन्मुक्ति दिने मनशायले छानविन समितिको माग गर्‍यो

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रतिपक्ष नेकपा (एमाले) ले सुन तस्करीका अपराधीहरुलाई उन्मुक्ति दिनका लागि छानबिन समितिको माग गरेको आरोप लगाएका छन् ।

    आज (मंगलवार) नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले सुन तस्करहरुलाई उन्मुक्ति दिने गलत मनशायले एमालेले छानबिन समितिको माग गरेको बताएका हुन् ।

    उनले अनुसन्धानलाई अवरोध गर्ने र अनुसन्धानको प्रक्रियालाई विषयान्तर गर्न खोजिएको आरोप पनि लगाए । उनले एमालेको नियतमा आशंका देखिएको भन्दै सरकार छानबिन समिति बनाउन सहमत नहुने बताए । उनले सुन तस्करीको विषय लेनदेनको विषय बनाउनु नहुनेमा जोड दिए ।

    उनले भने,– ‘आज उहाँहरुले छानबिन समिति बनाउनैपर्छ भन्ने छ । हाम्रो के कुरा छ भने सरकारकै तर्फबाट व्यवस्थित ढंगले अनुसन्धानको प्रक्रिया अन्तिम–अन्तिममा पुगिसकेको छ । अपराधीहरु पक्रेका छन् । सुन तस्कर पक्रेका छन् । छापा मारिएको छ । सुन गाल्ने मेसिन गिरफ्तारमा परेका छन् । त्यसकारणले गर्दा यो अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने, अनुसन्धान प्रक्रियालाई विषयान्तर गर्ने र अनुसन्धान प्रक्रियालाई लम्ब्याउने, अपराधीलाई उन्मुक्ति दिने । कहीँ न कहीँ सरकार सुन तस्करको जरासम्म नपुगोस् भन्ने गलत मनशायसहित उहाँहरुले जो छानबिन समितिको माग राख्नुभएको छ । उहाँहरुको नियतमा आशंका छ । र सरकारको तर्फबाट त्यो छानविन समिति बनाउने प्रक्रियामा सहमत हुँदैन । सुन तस्करी पार्टीको मान्छे परे भने बचाउने लेनदेनको विषय बनाइएको छ । छानबिन समिति बनाएर लामो समय लम्ब्याउने र अपराधीहरुलाई उन्मुक्ति दिने, प्रमाणहरु नष्ट गर्ने उद्देश्यसहित नेकपा (एमाले) ले छानबिन समित बनाउने भनेको हो । तस्कर उन्मुक्ति दिन र प्रमाण नष्ट गर्न समय चाहिन्छ त्यसको लागि हो ।’

    उनले सुन तस्करीका आरोपीहरुसँग माओवादी केन्द्रका नेताहरुको फोटो देखिएपनि माओवादी केन्द्रका नेताहरु सो प्रकरणमा अनुसन्धानमा नतानिएका बताए । अनुसन्धानमा तानिएर दोषि ठहरिएमा मोआवादी नेताहरु पनि कारबाहीमा पर्ने उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend