
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राम्रा काम गरे पनि सरकार र आफूमाथि घेराबन्दीको प्रयास जारी रहेको बताएका छन्।
काठमाडौंमा सुरु भएको केन्द्रीय कमिटीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्धको अभियान चाल्दा सरकारमाथि घेराबन्दी भए वा आफूलाई हटाउन खोजे त्यो स्वीकार्य हुने बताए।
बैठकमा उनले भने, सरकार छाड्नु परे छाड्न तयार छु। तर भ्रष्टाचारविरुद्धको अभियान रोकिँदैन। दाहालले गठबन्धनमा आबद्ध दलहरूबीच कुनै विमत्ति नरहेको प्रष्ट पारे। बरु सरकार थप बलियो हुँदै गएको उनको भनाइ छ।
उनले पार्टी पार्टीजस्तो नभएको गुनासो गर्दै पार्टी निर्माणको विषयमा जिम्मेवार भएर लाग्न कार्यकर्तालाई निर्देशन दिए।
पार्टीको संगठनमा नेता र कार्यकर्ताको विशाल कमिटी छ। तर, पार्टी पार्टीजस्तो भइराखेको छैन। कम्युनिष्ट पार्टीको पुनस्निर्माण अभियान यो बैठकबाट थाल्नुछ। केन्द्रीय कमिटीका जिम्मेवार सदस्यहरूले गम्भीर, जिम्मेवार र रचनात्मक ढंगले बहस गर्नुहुने विश्वास व्यक्त गर्दछु,उनले भने।
माओवादीले केन्द्रले आफ्नो विधान संशोधन गर्दै केन्द्रीय समितिको संख्यासमेत बढाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend