शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

क्यानले दियो सन्दीप लामिछानेलाई बधाई

क्यानले दियो सन्दीप लामिछानेलाई बधाई

काठमाडौं । क्यानडामा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘ग्लोबल टीट्वान्टी क्यानडा’ मा नेपालका क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शनपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई बधाई ज्ञापन गरेको छ ।

सन्दीपको उत्कृष्ट प्रदर्शनसँगै उनको टोली सरे जग्वार्सले आफ्नो खेलमा मिसिसाउगा प्यान्थर्सलाई आठ विकेटको विशाल अन्तर पराजित गरेको थियो। सन्दीपले आक्रामक बलिङ गर्दै चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिए ।

उक्त योगदान कारण उक्त खेलमा सन्दीप म्यान अफ दी म्याच समेत घोषित भएका थिए । उत्कृष्ट प्रदर्शनका लागि क्यानले बिहीबार सन्दीपलाई सामाजिक सञ्जाल फेसबुक र ट्वीटरबाट बधाई दिएको हो ।

‘उत्कृष्ट प्रदर्शनका लागि सन्दीप लामिछानेलाई बधाई छ । उनले मिसिसाउगा प्यान्थर्सविरुद्धको खेलमा आफ्नो टोली सरे जग्वार्सका लागि चार ओभरमा केवल ६ रन खर्चिएर तीन विकेट लिएका छन् ।

उनले आफ्नो टोलीलाई आठ विकेटले जिताएका छन् भने म्यान अफ दी म्याचको पुरस्कार पनि पाएका छन्,’ सन्दीपलाई बधाइ दिँदै क्यानले सामाजिक सञ्जालमा भनेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend