logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • ‘यो तिजमा नजाने माईती’ गीत सार्वजनिक

    ‘यो तिजमा नजाने माईती’ गीत सार्वजनिक

    729
    Shares
    ‘यो तिजमा नजाने माईती’ गीत सार्वजनिक

    काठमाडौं । मञ्जु थापाको ‘यो तिजमा नजाने माईती’ बोलेको गीत सार्वजनिक भएको छ ।

    बिहीवार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन् ।

    गीतको भिडियोमा दीपा श्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना र शिला गजुरेल लगायतका कलाकारको अभिनय छ । कार्यक्रममा बोल्दै गायिका थापाले मेहनत गरेअनुसार गीत राम्रो बनेको बताइन् । त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले तिज भन्नेबित्तिकै आफू फुरुङ्ग हुने गरेको बताइन् ।

    उनले गीत र भिडियो उत्कृष्ट बनेको बताइन् । त्यस्तै, अभिनेत्री रेजिना उप्रेतीले गीत राम्रो रहेको र गीत सुन्नेबित्तिकै मन परेर अभिनय गरेको बताइन् ।

    उनले आफू घरमै तिज मनाउने भएकाले आफ्नो लागि तिज गीत बनेको जस्तो अनुभव भएको बताइन् । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीतमा धेरै मेहनत गरेर बनाएकाले राम्रो रहेको बताए ।

    संगीतकार बाँस्कोटाले घरमै सबैलाई बोलाएर घरमै तिज मनाएर रमाइलो गर्ने भन्ने सन्देश दिनका लागि गीत सिर्जना गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend