logo

२०८१ असार १५ शनिबार

logo
  • शनिबार, १५ असार २०८१
  • संगीतकार शम्भुजित बाँस्कोटा भन्छन्– संगीतको कुनै सीमा हुँदैन

    संगीतकार शम्भुजित बाँस्कोटा भन्छन्– संगीतको कुनै सीमा हुँदैन

    789
    Shares
    संगीतकार शम्भुजित बाँस्कोटा भन्छन्– संगीतको कुनै सीमा हुँदैन

    काठमाडौं । भावना बोलको गीत सार्वजनिक भएको छ ।

    काठमाडौंमा एक कार्यक्रमबीच रक गीत सार्वजनिक भएको हो । कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले संगीतको कुनै सीमा नहुने र संगीत सदाबहार हुने बताए ।

    उनले नेपालमा पनि गीतहरु पुस्तान्तरण हुँदै प्रभवकारी रुपमा प्रविधिको विकाससँगै अघि बढीरहेको बताए । उनले म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको बताए ।

    उनले पछिल्लो समय मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पु¥याउने काम पनि म्युजिक भिडियोबाट भइरहेको बताए ।

    उनले भने, ‘संगीतको कुनै सीमा हुँदैन । संगीत सदाबहार हुन्छ । त्यसको एउटा सुर हुन्छ, त्यसको लय, त्यसको समय, त्यसको हरेक कुराहरु संगीतको एउटा प्रभाव छुट्टै हुन्छ । हाम्रो देश नेपालमा नेपाली संगीतमा धेरै विधाहरु छन् । रक एण्ड ¥याप पहिलाबाट नै शुरु भएका हुन् । पुस्तादेखि पुस्ता हुँदै जाने नै हो । नेपालमा पहिला पनि ब्याण्डहरु थिए । अहिले प्रविधिको विकासमा हामी छौँ । म्युजिक भिडियोले नेपालमा ठूलो क्रान्ति गरेको छ । मानिसको प्रतिभालाई छिटो भन्दा छिटो जनमानसमा पु¥याउने काम गरेको छ ।’

    अरमान तामाङको स्वर रहेको गीतमा विनोद ढकार र तामाङको शब्द र भिडियोमा अरमान तामाङ र रिया लामाको अभिनय छ । भिडियो सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend