कञ्चनपुर । आफ्नै श्रीमतीको चक्कु प्रहार गरी हत्या गरेको आरोपमा कञ्चनपुरमा श्रीमान् पक्राउ परेका छन् ।
प्रहरीका अनुसार दोधारा चाँदनी नगरपालिका–७ को कञ्जभोजकी २२ वर्षीया द्रोपती बुढा क्षेत्रीको चक्कु प्रहार गरेर उनका श्रीमान् ३४ वर्षीय प्रेमबहादुुर बुढा क्षेत्रीले हत्या गरेका हुन् ।
प्रेमले चक्कु प्रहार गरेर गम्भीर घाइते बनाएको अवस्थामा घरबाट उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र दोधारा–चाँदनी पुर्याइएका थियो । यद्यपि, चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
श्रीमतीको हत्या अभियोगमा प्रेमलाई इलाका प्रहरी कार्यालय दोधाराले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाइएको छ ।