काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ ।
गत बुधवार देखी सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रीय सदस्यले आ आफ्नो धारणा राखिसकेका छन् । आज बस्ने बैठकमा पार्टीको योजना बनाउने र कार्यविभाजनको प्रक्रिया अघि बढाउने तयारी छ ।
शनिबारको बैठकमा जर्नादन शर्मा, वर्षमान पुनलगायतका नेताले आ आफ्नो धारणा राखेका थिए । मङ्सिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।