logo

२०८१ असोज २१ सोमबार

logo
  • सोमबार, २१ असोज २०८१
  • सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ: मन्त्री यादव

    सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ: मन्त्री यादव

    1.5K
    Shares
    सामाजिक सेवामा लायन्स क्लबको योगदान अनुकरणीय छ: मन्त्री यादव

    जनकपुरधाम । मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताएका छन्

    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफले शनिबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकार र राजनीतिक दलका लागि समेत अनुकरणीय रहेको बताए ।

    नेपाली कांग्रेस मधेस प्रदेश समिति सभापति एवं संसदीय दलका नेता समेत रहेका यादवले प्रदेश सरकार र आफू नेतृत्वको पार्टी संरचनामा पनि क्लबका असल अभ्यासको अनुशरण र सहकार्यका लागि पहल गर्ने बताए ।

    “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, बालगृहलगायतका क्षेत्रमा राम्रो काम गरिरहेको छ”, उनले भने, “अब मधेस प्रदेशमा स्थानीय र प्रदेश सरकार तथा मेरो पार्टीका संरचनाले पनि आवश्यक समन्वय एवं सहकार्य गर्ने विषयमा मेरो पहलकदमी रहने छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा मिलेर काम गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”

    त्यसअवसरमा लायन्स क्लब अफ जनकपुरका नवनिर्वाचित अध्यक्ष रमन साह र लायन्स क्लब अफ जनकपुर गार्गीका अध्यक्ष अञ्जना पण्डित नेतृत्वको समितिलाई जिम्मेवारी हस्तान्तरण, नयाँ सदस्यता लिएकाहरूको परिचय तथा शपथप्रहणलगायतका कार्यक्रम गरिएको थियो । नेपालमा सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलोपटक क्लबको स्थापना भएको थियो । रासस

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend