बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

केन्द्रीय समिति बैठक समापनअघि माओवादी पदाधिकारी बैठक, के विषयमा हुँदैछ छलफल ?

केन्द्रीय समिति बैठक समापनअघि माओवादी पदाधिकारी बैठक, के विषयमा हुँदैछ छलफल ?

काठमाडौं। नेकपा (माओवादी केन्द्र) को पधाधिकारी बैठक बालुवाटरमा बसिरहेको छ ।

गत बुधबारदेखि काठमाडौंमा जारी केन्द्रीय समिति बैठक समापनको विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरिएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन, परिवर्तित प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

बैठकमा बोल्न झण्डै ४१५ जनाले नाम टिपाएपनि शनिबारसम्म २२१ जना नेताले आ–आफ्नो धारणा राखिसकेका छन् ।

शनिबार बसेको बैठकमा वर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ–आफ्नो धारणा राखेका थिए । आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन निर्देशन दिइएको छ।

बैठकमा मुख्य गरी मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा छलफल भइरहेको छ । आजको बैठकमा उठेका प्रश्नको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिएपछि बैठक सकिने जनाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend