सुर्खेत । यातायात व्यवसायीले ज्यादती गरेको भन्दै सुर्खेतको चौकुने गाउँपालिकाले टिपरमा यात्रु बोक्न सुरु गरेको छ ।
एक महिनायता यातायात व्यवसायीले सडकको कारण दर्शाउँदै पश्चिममा यातायात सेवा अवरुद्ध पारेका छन् ।
चौकुने गाउँपालिकाका अध्यक्ष खड्क विक (विवश० का अनुसार यातायात सञ्चालनका लागि पटक–पटक आग्रह र पहल गर्दा समेत व्यवसायीले यातायात नचलाएपछि गाउँपालिकाले शनिबारदेखि पालिकामा भएका दुईवटा टिपरबाट यात्रु बोक्न थालेको हो ।