काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्षको असार मसान्त अवधिसम्ममा एक अर्ब ९५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
सार्वजनिक गरेको रिपोर्टअनुसार बैंकको नाफा २०७९ असार मसान्तको तुलनामा ३१.७९ प्रतिशतले घटेर १९५ करोडमा कायम भएको हो । बैंकका अनुसार गत आवको असार मसान्तसम्ममा बैंकको नाफा २ अर्ब ५७ करोड रुपैयाँ थियो ।
बैंकले ४.७७ प्रतिशत रहेको खराब कर्जाको व्यवस्थापनका लागि ५ अर्ब ७३ करोड रुपैयाँ प्रोभिजन गरेको छ, जसले बैंकको नाफामा उल्लेख्य मात्रामा संकुचित भएको देखिन्छ । आगामी आर्थिक बर्षमा भने रिकभरी मार्फत बैंकले उत्कृष्ठ नतिजा ल्याउन सक्ने देखिन्छ ।