आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

प्रचण्डकाे दाबी: आज पनि माओवादी र आफूँमाथि घेराबन्दी भइरहेको छ

प्रचण्डकाे दाबी: आज पनि माओवादी र आफूँमाथि घेराबन्दी भइरहेको छ

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुविरुद्ध घेराबन्दी भइरहेको उल्लेख गरेका छन् ।

जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले नेतृत्वविरुद्ध मुद्दा लगाउन खोजेकै कारण तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग दर्ता गर्नु परेको बताए ।

‘तिनका षड्यन्त्र परास्त गर्न राजनितिक दलले पनि सहयोग गरेर तिनलाई महाअभियोग लगाउनु पर्ने अवस्था आयो, हामीमाथि मुद्दा लगाउन खोज्नुको पछाडि विचार वर्ग पक्षधरता थियो र आज पनि छ ।’ उनले भने ।

‘आज पनि लिडरसिप र पार्टीमाथि घेरावन्दी छ, जेल हाल्ने कुरा गरेका छन् अझै ।’ उनले भने ।

यद्यपि, बैठकबाट पार्टी मुख्य नेतृत्वको वरिपरि एकतावद्ध हुने स्थिति बनेको उनले बताए। वाद प्रतिवाद र संवादमार्फत पार्टी एकढिक्का र एकतावद्ध भयो भन्ने लागेको बताउँदै ३ महिना अभियान चलाएपछि पार्टी नयाँ बन्ने उनको दाबी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend