logo

२०८१ कार्तिक २९ बिहिबार

logo
  • बिहिबार, २९ कार्तिक २०८१
  • कमल थापाकाे टिप्पणी: त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा

    कमल थापाकाे टिप्पणी: त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा

    2K
    Shares
    कमल थापाकाे टिप्पणी: त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा

    काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्त ढंगले त्रुटिपूर्ण नयाँ भाष्यले मुलुक समस्याको दलदलमा भासिएको टिप्पणी गरेका छन् ।

    काठमाडौंमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भने, ‘देशले भोग्नु परेको सम्पूर्ण समस्याको मूल जड सनातन धर्म, संस्कृति, राजसंस्था र एकात्मक राज्यप्रणाली भएको, हिन्दुधर्म अन्ध विश्वास, रुढीवादी र विभेदमा आधारित छ, धर्म निरपेक्षता, गणतन्त्र र जातीय पहिचानमा आधारित संघीयता सम्पूर्ण रोग, भोक, अशिक्षा, गरिबी र पछ्यौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत हो ।’

    उनले मुलुकमा हाल विद्यमान संकट समाधान गर्न राप्रपा नेपाल सँग वैकल्पिक मार्ग चित्र रहेको समेत उल्लेख गरे ।

    सुशासनको माध्यमबाट आर्थिक विकास र समृद्धिको लक्ष्य हासिल गर्न सम्बर्द्धनवादको वैचारिक धरातलमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने उनको भनाई छ ।

    थापाले सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली लागू गरी प्रदेश तहको संरचना खारेजी गर्नुपर्ने उल्लेख गरे । उनले आत्मसमर्पणवादी मानसिकताले गर्दा मुलुकको स्वाधीनतामाथि गम्भीर प्रश्न उठिरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend