logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ: जनार्दन शर्मा

    सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ: जनार्दन शर्मा

    1.5K
    Shares
    सुन तस्करीमा सरकारको छानविन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ: जनार्दन शर्मा

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानविन प्रतिवेदन आइसकेपछि उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताएका छन् ।

    सोमबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव शर्माले सुन तस्करी प्रकरणको जालो पत्ता लगाउन सरकार लागि परिरहेको बताएका हुन् । उनले सरकारको छानविन रिपोर्ट आएपछि चित्त नबुझेमा मात्रै उच्चस्तरीय छानविन समिति बनाउन सकिने बताए ।

    उनले अहिलेको अवस्थामा सरकारले गरेको छानविनलाई सहयोग गर्नु आवश्यक रहेको बताए । उनले बरु सरकारलाई निश्चित समयभित्र छानविन गरिसक्नुस् भने समय तोक्न भने सकिने बताए ।

    उनले भने, ‘संसद ठप्प गर्नु हुँदैन । संसद खोल्नुपर्छ । धेरै इस्युहरु छन् यतिबेला । ति इस्युहरुलाई यहाँ उजागर गर्नुपर्छ । हामीले बारम्बार के अनुरोध गरेका छौँ भने प्रतिपक्षी दललाई यो संसद खोल्नका लागि सहजीकरण गर्नुहोस् । मन्त्रीहरुको जवाफ सुनौँ । उहाँहरुको जवाफ सुनेर हामी अगाडी बढौँ भनेर सरकारको तर्फबाट भइराखेको छ । सभामुखले भनिरहनु भएको छ । हाम्रो तर्फबाट संसद खोल्न दिनदिनै पहल भइराखेको छ । प्रधानमन्त्रीले प्रतिपक्षी दलका नेतालाई भेटिपनि राख्नुभएको छ । छलफल पनि भइरहेको छ । हामी छिटोभन्दा छिटो संसद खोल्न चाहान्छौँ । सरकारले पक्रिसकेपछि त्यसलाई कसरी यो सुन आइरहेको छ भनेर जालो पत्ता लगाउँदै छ त । त्यो छानविनको रिपोर्ट आइसकेपछि चित्त नबुझ्दा, आवश्यक पर्दा, अधुरो हुँदा भोलि उच्चस्तरीय बनाएर थप छानविन गर्न पनि आवश्यक होला । तर अहिले छानविन प्रक्रियालाई सबैले मद्दत गर्नु नै राम्रो हो नि । बरु यति दिनभित्र छानविन सक्नुस् भन्न सकियो । छिटो सक्नुस् भन्न सकियो । सकिसकेपछि अनि आवश्यक परे उच्च स्तरीय बनाए हुन्छ ।’

    उनले संसदमा धेरै विषयहरुमा छलफल गर्नुपर्ने आवश्यकता रहेको भन्दै संसद ठप्प पार्नु नहुने बताए । उपमहासचिव शर्माले सरकारको तर्फबाट संसद खोल्नका लागि पहल भइरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend