सुर्खेत । यही साउन ५ गते जुम्लाका ७ वटा घरमा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुठीचौर गाउँपालिका–४ घर भई हाल चन्दननाथ नगरपालिका–१ मा बस्दै आएका ३० वर्षीय रत्न अधिकारी रहेको जुम्ला प्रहरीले जानकारी दिएको छ ।
उनले गुठीचौर गाउँपालिकाका ६ र चन्दनाथको एउटा घरमा आगो लगाएका थिए । यस्तै, उनले रारा तेन्जिन कन्ट्रक्सनको लु५त १२४४ नम्बरको ट्याक्टरमा समेत आगजनी गरेका थिए ।
उनले आफू गरिबी भएकाले कसैले पनि ऋण र उधारो दिन नपत्याएको बताए । जुम्लाका डीएसपी प्रल्हाद कार्कीकाले प्रहरीको बयानमा उनले आफूलाई ऋण र उधारो माग्दा कसैले नपत्याएकाले घरमा आगजनी गर्नुपरेको बताएको जानकारी दिए ।