माघ २५ काठमाडौं प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मिलेमतोमा कसैलाई उन्मुक्ति दिने र कसैलाई मुद्दा दायर गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कोइरालाले लेखेका छन्, ” वालुवाटार जग्गा प्रकरणमा सरकार र अख्तियारको मिलेमतो देखियो। केहीलाई मन्त्रिपरिषदको नितीगत निर्णय भन्दै उन्मुक्ती दिइयो र केहीलाई जग्गा फिर्ता गर्ने सर्तमा मुद्दा चलाइएन। यसले अख्तियारको बिस्वसनियता र संबैधानिक स्वायत्तता माथी प्रश्न उठेको छ।लोकतन्त्र र देशका लागी यो दुर्भाग्य हो।
<iframe src=”https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fpermalink.php%3Fstory_fbid%3D1624406781051976%26id%3D100004480098892&width=500″ width=”500″ height=”230″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowTransparency=”true” allow=”encrypted-media”></iframe>