आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

सदनको अवरोध खुलाउन ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डकाे छुट्टाछुट्टै छलफल

सदनको अवरोध खुलाउन ओली र देउवासँग प्रधानमन्त्री प्रचण्डकाे छुट्टाछुट्टै छलफल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित गाईभैँसीमा देखिएको लम्पी स्किन रोगको वर्तमान अवस्था र भावी कार्यदिशा विषयक छलफलमा निर्देशनात्मक मन्तब्य राख्दै । तस्बिरः प्रदीप राज वन्त÷ रासस

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्य गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

यसअघि सामुहिक भेट गर्दै आएका प्रधानमन्त्री प्रचण्डले बुधबार बेग्लाबेग्लै भेटेका छन् । प्रधानमन्त्री निवास वालुवाटानरमा भएको भेटका क्रममा सदनमा जारी अवरोध र अन्य राजनीतिक सवालमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

१० साउनयता एमालेले प्रतिनिधि सभाको बैठकलाई कार्यसूचीमा प्रवेश गर्न दिएको छैन । संसद सुचारु नहुँदा संसदीय समितिका सभापति चयन सहितका प्रक्रिया समेत अघि बढ्न सकेका छैनन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले सरकारले प्राथमिकतामा राखेर संसदमा दर्ता गरेका विधेयकहरु अड्किएको र त्यसले नेपालकै छविलाई समेत अप्ठारो पार्न सक्ने भन्दै शीर्ष नेताहरुको ध्यानाकर्षण गरेका छन् ।

मनि लाउन्डरिङ सम्बन्धी विधेयक, संक्रमणकालीन न्याय सम्बन्धी विधेयक र संवैधानिक परिषद् सम्बन्धी विधेयक पारित गर्नमा ढिलाई भएको प्रधानमन्त्री प्रचण्डले गुनासो गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend