
ताप्लेजुङ । ताप्लेजुङमा डेंगी रोग संक्रमण हुनेको संख्या १४ जना पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयले अहिलेसम्म नौ पुरुष र पाँच महिला संक्रमित भेटिएको जनाएको छ ।
धरानबाट फर्किएकाहरुमा बढी संक्रमण भएको जिल्ला स्वास्थ्य कार्यालय ताप्लेजुङका सूचना अधिकारी उदयनारान दुलालले पुष्टि गरे ।
दुई जनाले जिल्ला अस्पतालमा उपचार गराएको उनले बताए । बाँकीले अस्पतालबाट औषधि लगेर घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
‘संक्रमित सबै झापाको विर्तामोड र सुनसरीको धरानबाट फर्किएकाहरु पाइएको छ, ताप्लेजुङमै संक्रमित भएको चाहिँ पाइएको छैन ।’ दुलालले भने
जिल्लामै संक्रमित भएको नपाइएपनि सचेतना जगाउनका लागि स्वास्थ्य कार्यालयले आग्रह गरिरहेको उनले बताए।
‘धेरैको आवतजावत तराईका जिल्लामा हुन्छ, तराईमा रहँदा पनि पूरा बाहुला भएको कपडा लगाउन, झुलमा बस्न आग्रह गरिरहेका छौं ।’ उनले भने ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend