logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडाले आक्रमण गर्दा पोथी गैँडाको ज्यान गयो

    चितवन राष्ट्रिय निकुञ्जमा भाले गैंडाले आक्रमण गर्दा पोथी गैँडाको ज्यान गयो

    5.3K
    Shares

    माघ २५ काठमाडौं चितवन राष्ट्रिय निकुञ्जको कुजौली पोष्ट क्षेत्रमा पाँच महिनाको पोथी गैँडा मृत अवस्थामा भेटिएको छ।

    निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काका अनुसार शुक्रबार नवलपुरको देवचुली नगरपालिका वडा नं १७ मा बच्चा गैँडा मृत अवस्थामा भेटिएको हो।

    मृत गैँडाको शरीरमा चोटैचोट भेटिएको खड्काले जानकारी दिए। भालेको आक्रमणबाट उक्त पोथी गैँडा मरेको हुनसक्ने उनले बताए।

    चालू आवमा चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मर्ने गैँडाको संख्या १४ पुगेको थियो। यो सँगै यस आर्थिक वर्षमा मृत्यु हुने गैँडाको संख्या १५ पुगेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend