आइतबार, फाल्गुन १८ २०८१

आइतबार, फाल्गुन १८ २०८१

पवित्र भूमि लुम्बिनीको बदनाम गर्नेछैनः ल्हारक्याल लामा

पवित्र भूमि लुम्बिनीको बदनाम गर्नेछैनः ल्हारक्याल लामा

काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त डा. ल्हारक्याल लामाले पदभार ग्रहण गरेका छन्।

सत्तारुढ माओवादी केन्द्रीय सदस्यसमेत रहेका लामालाई मन्त्रिपरिषद् बैठकले पाँच वर्षका लागि कोषको उपाध्यक्षमा नियुक्त गरेको हो ।

आज बिहीबार पदभार ग्रहण कार्यक्रममा लामाले लुम्बिनीको इज्जत र पवित्र भूमिको बदनाम नगर्ने प्रतिबद्धता व्यक्त गरे।

‘मलाई पत्याएर काम गर्न सक्छ भनेर यहाँ पठाउनुभएको छ। गौतम बुद्ध, मायादेवी मन्दिर साक्षी राखेर काम गर्छु। लुम्बिनीको इज्जत, पवित्र भूमिको बदनाम गर्नेछैन। कुनै खालको भ्रष्टाचार, अनियमितता, कुनै खालको मिसयुज गर्नेछैन। सबैसँग समन्वय गरेर काम गर्नेछु।’ उनले भने ।

तत्कालीन उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तेय) को कार्यकाल साउन दोस्रो सातामा सकिएपछि उपाध्यक्ष पद खाली थियो ।

कोषको संरक्षक प्रधानमन्त्री र अध्यक्ष संस्कृतिमन्त्री रहने कानुनी व्यवस्था लुम्बिनी विकास कोष ऐन, २०४२ मा रहेको छ । विवादास्पद छविका लामालाई कोषको जिम्मेवारी दिएको भन्दै सरकारको आलोचना समेत भएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend