logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • कांग्रेसकै कार्यकर्ताको गगन थापालाई व्यङ्ग्य कांग्रेस भन्न लाज भैसक्यो

    कांग्रेसकै कार्यकर्ताको गगन थापालाई व्यङ्ग्य कांग्रेस भन्न लाज भैसक्यो

    2.8K
    Shares

    सुनौलो नेपाल/चितवन – गगन थापा सम्मिलित कार्यक्रममा काग्रेसकै कार्यकर्ताले आफुहरुलाई कांग्रेस भन्न लाज भैसकेको बताएका छन्।

    नेपाली कांँग्रेस कालिका नगरसमितिले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं वनभोज कार्यक्रममा गीत मार्फत उनीहरुले कम्युनिष्ट बन्न नि नसकेको र कांग्रेस भन्न लाज भैसकेको बताएका हुन्।

    कांग्रेसको आदर्श मेटियो हेर कस्तो गाइजात्रा देखियो, संसदमा निदाउछ कांग्रेस औला टोकी, प्रतिपक्ष सरकारको साक्षी बन्न होकी जस्ता गीतले स्वागत गरेका गरेका थिए।

    हेर्नुहोस सो कार्यक्रमको भिडियो 

    प्रमुख अतिथिको रुपमा आएका कांग्रेस नेता तथा सासंद गगन थापाले भने सरकार माथी कटाक्ष गरेका थिए। जनतालाई दुई वर्षअघि गरेको वाचा र प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गफाडीको संज्ञा दिएका थिए।

    ‘‘मैले प्रधानमन्त्रीलाई दुई वर्षअघि बधाई दिँदै भनेको थिएँ, तपाईं इतिहासकै अवसर पाएको प्रधानमन्त्री हुनुहुन्छ, जनताले ठूलो आशा गरेका छन्,’’ उनले भने, ‘‘अब मैले संसदको भेटमा एउटा मात्र शब्द भन्छु प्रधानमन्त्रीज्यू तपाईं ‘गफाडी’ हो ।’’ घोषणपत्रमा उल्लेख भएका कुनै काम सम्बोधन नभएको भन्दै उनले जनतालाई धोका दिएको संकेत गरे ।
    हिजोका समयमा प्रधानमन्त्रीले उखानभन्दा जनता उद्वेलित भएको तर अहिले जनताले प्रधानमन्त्रीलाई विश्वास नगरेको थापाले बताए । ‘‘कहिले प्रधानमन्त्री गीतबाट भन्नुहुन्छ, कविता भन्नुहुन्छ, कहिले सारंगी बजाउनु हुन्छ कहिले बासुरी बजाउनुहुन्छ तर प्रधानमन्त्रीको गीतमा सुर छैन, कवितामा रस छैन सांरगी र बासुरीमा धुन छैन । कोही नाचिरहेका छैनन् ।

    अहिले प्रधानमन्त्रीको कुरामा बोक्रा छ गुदी छैन,’’ उनले भने । दुई वर्षमा प्रत्येक नागरिकले देश कसरी चलिरहेको छ हेरिरहेको भन्दै उनले भने, ‘‘अहिले चिन्ता सरकार बलियो छ भन्ने होइन सरकार बिग्रियो भन्ने हो, सरकार बरालियो भन्ने हो ।’ कम्युनिस्ट सरकारले जनताको समय र अवसरमात्र बरबाद गरेको भन्दै उनले प्रधानमन्त्रीले सरकार नचलाई सत्ता चलाएको आरोप लगाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend