logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माछापुच्छ्रेको मोबाइल बैंकिङमा अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु

    माछापुच्छ्रेको मोबाइल बैंकिङमा अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु

    2.4K
    Shares
    माछापुच्छ्रेको मोबाइल बैंकिङमा अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सुरु

    काठमाडौं। माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योग क्षेत्रमा पहिलो पटक इएमभी स्ट्यान्डर्डमा आधारित टोकनाइज्ड प्रविधि प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्टेनलेस अफलाइन ‘ट्याप एन्ड पे’ सेवा सञ्चालनमा ल्याएको छ ।

    टोकनाइजेसनलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिका रूपमा लिने गरिन्छ। जसमा ग्राहकको खाता विवरणको सट्टा सिस्टम जेनेरेटेड कोडबाट कारोबार हुने हुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहन्छ।

    माछापुच्छ्रे बैंकले उक्त सेवा सुरु गरेसंगै बैंकका ग्राहकले तोकिएका निश्चित मर्चेन्टबाट पिओएसमार्फत कारोबार गर्दा बैंकको मोबाल बैंकिङ एप्लिकेसन एमबिएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्नेछन्।

    हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एन्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने छ, सेवा प्रयोग गरेवापत ग्राहकलाई कुनै पनि शुल्क लाग्ने छैन।

    बैंकिङ क्षेत्रमा विभिन्न ट्रेन्ड सेट गर्दै अगाडि बढिरहेको बैंकले विशेष गरी डिजिटल बैंकिङ क्षेत्रमा अनुसन्धान र खोजलाई प्राथमिकतामा राख्दै नवीनतम सेवा र सुविधा आफ्ना ग्राहकमाझ सञ्चालन गर्दै आइ रहेको छ ।

    सोही क्रममा समयसापेक्ष अत्याधुनिक प्रविधि प्रयोगलाई प्राथमिकता दिँदै ग्राहकको सुविधालाई मध्यनजर गर्दै तथा डिजिटल बैंकिङ सुविधालाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले ‘ट्याप एन्ड पे’ सेवा बैंकले सुरु गरेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend