
माघ २६ काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गत तेश्रो खेलमा आज नेपाल ओमानसंग खेलिरहेको छ। टस हारेर ब्याटिंग गरिरहेको नेपालले २०० रन पुरा गरेको छ। खेलको ४२ औँ ओभरमा नेपालले २०० रनको आंकडा पुरा गरेको हो।
नेपालका लागि सुवास खकुरेलले ४२ बलमा २२, ज्ञानेन्द्र मल्लले ७६ बलमा ५६ रन, पारस खड्काले ३४ बलमा ३८, कुशल मल्लले २४ बलमा २८, आरिफ शेखले ४५ बलमा २८ रन बनाए भने दिपेन्द्र सिंह ऐरी ३ बल खेल्दै सुन्य रनमा आउट भए।
अहिले क्रिजमा बिनोद भण्डारी २९ बलमा १८ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ् दिन करण केसी आएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend