सोमबार, चैत्र ४ २०८१

सोमबार, चैत्र ४ २०८१

नेपालद्वारा ओमानलाई २५० रनको बलियो लक्ष्य प्रस्तुत

नेपालद्वारा ओमानलाई २५० रनको बलियो लक्ष्य प्रस्तुत

माघ २६ काठमाडौं- आइसिसी विश्वकप लिग-२ अन्तर्गत तेश्रो खेलमा नेपालले ओमानलाई २५० रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिला ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउंदै २४९ रन बनायो।

नेपालका लागि सुवास खकुरेलले ४२ बलमा २२, ज्ञानेन्द्र मल्लले ७६ बलमा ५६ रन, पारस खड्काले ३४ बलमा ३८, कुशल मल्लले २४ बलमा २८, आरिफ शेखले ४५ बलमा २८ रन, विदोद भण्डारीले ४७ बलमा ३५, करण केसीले १६ बलमा १० रन, सन्दीप लामिछानेले ७ बलमा नट आउट १० र कमल सिंह ऐरीले ६ बलमा नट आउट रही ९ रन बनाए भने दिपेन्द्र सिंह ऐरी ३ बल खेल्दै सुन्य रनमा आउट भए।

ओमानका लागि अकिव ल्लियासले ४, मोहम्मद नादिमले ३ विकेट लिए।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend