logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य शृंखला सुरु

    प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य शृंखला सुरु

    2K
    Shares
    प्रज्ञा प्रतिष्ठानमा मातृभाषा साहित्य शृंखला सुरु

    काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्यको मासिक शृंखला साउनबाट सुरुआत गरेको छ ।

    पहिलो शृंखलाअन्तर्गत आज (शुक्रबार) डा.सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका छन् ।

    उक्त अवसरमा डा. धिमालले धिमाल भाषा, साहित्यको वर्तमान अवस्थाको विविध पाटोबारे प्रकाश पारेका थिए । बिवाहलगायत विभिन्न उत्सवमा गाइने गीत लोप हुँदै गएको उनको भनाइ थियो । पहिले आर्थिक अवस्था कमजोर हुनेले बिहेभोज पछि ख्वाए पनि हुन्थ्यो । त्यसैले, आफूले आफ्नै बाबुको बिहेभोज खाएको रोचक प्रसंग उनले सुनाएका थिए ।

    मातृभाषा विभाग प्रमुख प्राज्ञ राजन मुकारुङले श्रृङ्खलाले मातृभाषीहरुले अपनत्व महसुस गर्न पाउने विश्वास व्यक्त गदै भने, ‘वर्षमा मात्र एक दिन मनाइने मातृभाषा दिवसको न्यास्रो यसले मेट्ने छ ।’

    प्रज्ञाको ६८ वर्षको इतिहासमा पहिलो पटक ‘मातृभाषा साहित्य शृंखला’को सुरुवात गरेकोमा मातृभाषा विभागको सराहना कुलपति भूपाल राईले गरे ।

    कार्यक्रममा अञ्जु राजवंशी, विनिता ताजपुरिया तथा देवकुमार चौधरीले आआफ्नो मातृ भाषामा कविता वाचन गरेका थिए । अब भदौ महिनाको अन्तिम शुक्रबार कोँइच सुनुवार विशेष श्रृङ्खला (सिर्जना, संवाद र विमर्श) हुने विभागले जानकारी दिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend