शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

बाबुको हत्या गरेको अभियोगमा बारामा छोरा पक्राउ

बाबुको हत्या गरेको अभियोगमा बारामा छोरा पक्राउ

बारा । बारामा ९० वर्षीय बुबा आइतसिंह घलानको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका १६ टांगियाका ६० वर्षीय दिलबहादुर घलान रहेका छन् । उनलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिलबहादुरले कुटपिट गर्दा आइतसिंहको मृत्यु भएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend