logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • राष्ट्रिय स्क्वास अरहन्त र कृष्णालाई उपाधि

    राष्ट्रिय स्क्वास अरहन्त र कृष्णालाई उपाधि

    1.1K
    Shares
    राष्ट्रिय स्क्वास अरहन्त र कृष्णालाई उपाधि

    काठमाडौं । नेपालका नम्बर एक स्क्वास खेलाडी अरहन्त केसर सिम्हा शनिवार पाँचौं धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगितामा एकलतर्पm च्याम्पियन भएका छन् ।

    सातदोबाटोस्थित नेपाल स्क्वास र्‍याकेट संघको एकेडेमीमा शनिवार सम्पन्न फाइनलमा अरहन्तले दीपक थापालाई सोझो सेटमा हराउँदै च्याम्पियन भएका हुन् । अरहन्तले दीपकलाई ११–६, ११–४ र ११–८ ले सहजै हराए ।

    महिला एकलमा कृष्णा थापाले पनि उपाधि रक्षा गरिन् । कृष्णाले फाइनलमा विपना ब्लोनमाथि सोझो सेटमा सफलता प्राप्त गरेकी हुन् । उनले विपनालाई ११–६, ११–९ र ११–९ ले पराजित गरिन् ।

    पाँच खेलाडी सम्मिलित राउण्ड रोविनमा कृष्णा र विपनाले समान तीन खेल जितेपछि शीर्ष दुईमा रहेर उपाधि भिडन्त तय गरेकी थिइन् । फाइनलमा भने कृष्णाले उपाधि जितिन् ।

    कृष्णाले गत वर्ष पनि विपनालाई नै हराएर उपाधि जितेकी थिइन् । गत नवौं राष्ट्रिय खेलकुदमा पनि कृष्णा महिला एकलको विजेता हुन् । खुला एकलमा विजेताद्वय अरहन्त र कृष्णाले समान २१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

    महिला र पुरुषमा दोस्रो हुनेले १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले समान पाँच हजार नगद पुरस्कार प्राप्त गरे । ब्वाइज यु–१९ तर्पm पासाङ ब्लोनले सफलता प्राप्त गरे । उनले फाइनलमा विकास मगरलाई ११–५, ८–११, ११–८, ११–५ ले पराजित गरे ।

    पासाङले ११ हजार र विकासले ६ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

    तेस्रो हुने दुई खेलाडीले भने समान तीन हजार प्राप्त गरे । यो प्रतियोगितामा पासाङको यो दोहोरो उपाधि हो । एकदिन अघि पासाङ प्लेट विधामा पनि च्याम्पियन हुनभएको थियो । उनले फाइनलमा विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले हराउँदै प्लेट विधामा उपाधि जितेका हुन् ।

    यसैगरी मास्टर्स (५० वर्षमाथि) एकल विधामा प्रवीणवीर सिंह कंसाकार च्याम्पियन भए । उनले फाइनलमा सुदीपबहादुर सिंहलाई ११–६, १२–१०, १०–१२, १०–६ ले पराजित गरे । सुदीपबहादुरले दोस्रो सेट आफ्नो पक्षमा पार्दै खेलमा फर्किने संकेत गरेपनि सफलता पाउन भने सकेनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend