कञ्चनपुर। महाकाली नदीमा पानीको सतह बढेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
अविरल वर्षाका कारण महाकालीमा पानीको बहाव बढेर एक लाख क्युसेक भन्दा बढी पुगेपछि हिजो (आइतबार) साँझदेखि सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
शारदा ब्यारेजमा बिहान ८ बजे पानीको सतह एक लाख ७२ हजार क्युसेक मापन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए ।
एक लाख क्युसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधनमा हिजो साँझदेखि रोक लगाइएको थियो । राति पानीको सतह बढे पनि सोमबार बिहानदेखि भने रहेको प्रहरीले जनाएको छ ।