सगुन चपाई /चितवन । केहीदिन अघिमात्र सरुवा भएर चितवन आएका जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले राजनीतिको दबाब र प्रभावमा काम नगर्ने बताएका छन्।
आइतबार चितवनका संचारकर्मीहरुसंग कुरा गर्दै प्रमुख गुरुङले भने यहाँको चुनौतिलाई अवसरको रुपमा लिएको छु । यहांँ हुने अपराधीक कार्यमा कसैको दबाब र प्रभावमा नरही शुन्य शहनशीलतामा काम गर्ने भन्दै कानुनले निर्दिष्ट गरेका कुरालाई स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री राम बहादुर बादलको गृहजिल्लामा कसरी काम गर्नुहुन्छ भन्ने जिज्ञासामा उनले भने, म नेपाल प्रहरीको प्रतिनिधि भएर आएको हुंँ, मेरो दायित्व चितवनको शान्ति सुरक्षा र अमनचयन कायम गर्नमै केन्द्रीत हुन्छ ।‘ आफूले चुनौति भएर नै चितवन जिल्ला आएको भन्दै यसमा आफूले अवसर देखको गुरुङले बताए । चितवनको शान्ति सुरक्षालाई बलियो बनाउन प्रहरीको मात्र जिम्मेवारी नभई चितवनवासीको उत्तिकै दायित्व रहेको उनको भनाई थियो । हिजोमा चितवनका घटनालाई लिएर आफूले पाठ सिकेको भन्दै उनले विगतका वेथितिलाई सकेसम्म सुधार्न कोशिश गर्ने बताए ।
समाजको विकाससंँगै अपराधको पनि विकास हुनाले आफूले अहोरात्र खटेर प्रहरीको छविलाई उच्च बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । ‘सुरक्षा चुनौतिमा ओभरल्याप र ग्यापपनि नहोस भन्ने मेरो चाहना हो उनले भने ।
हेर्नुहोस सो कार्यक्रम उनको सम्बोधन