logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नयाँ प्रहरी महानिरीक्षकबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै, को बन्ला २७औंँ प्रहरी महानिरीक्षक ?

    नयाँ प्रहरी महानिरीक्षकबारे निर्णय गर्न मन्त्रिपरिषद्को बैठक बस्दै, को बन्ला २७औंँ प्रहरी महानिरीक्षक ?

    1.3K
    Shares

    माघ २७ काठमाडौं- आज (सोमबार) मन्त्रिपरिषद्को बैठक बस्दै छ। आज बस्न लागेको बैठकले नयाँ प्रहरी महानिरीक्षकको बारेमा निर्णय गर्ने बताइएको छ।

    गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी र आईजीपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ । आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिको कारण भोलिबाट अवकास पाउन लागेकाले सरकारले नयाँ प्रमुख नियुक्त गर्न लागेको हो ।

    प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।

    अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend