logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • एमसीसीका सहायक उपाध्यक्ष र प्रम ओलीबीच भेटबार्ता, ओलीले गरे एमसीसी छिट्टै अनुमोदन गर्ने प्रतिवद्दता

    एमसीसीका सहायक उपाध्यक्ष र प्रम ओलीबीच भेटबार्ता, ओलीले गरे एमसीसी छिट्टै अनुमोदन गर्ने प्रतिवद्दता

    1.4K
    Shares

    माघ २७ काठमाडौं-
    ४ दिने नेपाल भ्रमणमा रहेका एमसीसीका युरोप, एसिया, प्रशान्त र ल्याटिन अमेरिकासम्बन्धी मामिला हेर्ने सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटवार्ता गरेका छन्। भेटमा ब्रुक्सले एमसीसीसँगको सम्झौतालाई संसद्बाट अनुमोदन गराउन आग्रह गरेको र प्रधानमन्त्री ओलीले छिट्टै अनुमोदन गर्ने प्रतिवद्दता जनाएको बताइएको छ।

    प्रधानमन्त्री ओलीका साथै ब्रुक्सले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसंग पनि भेट गरेका छन्। प्रधानमन्त्री ओलीले संसदको यसै अधिवेशनबाट एमसीसी पारित हुने बताइरहेका छन्। परराष्ट्रमन्त्री ज्ञवालीले पनि एमसीसी देशको हितमा रहेको र यसलाई छिट्टै पारित गरिने धारणा राख्दै आएका छन्।

    उता प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पनि आफ्नै कार्यकालमा एमसीसी बारे सम्झौता गरेको र यसलाई निसन्देह पारित गर्नुपर्ने बताउंदै आएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend