logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतलाई हराउँदै बंगलादेशले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

    भारतलाई हराउँदै बंगलादेशले जित्यो यू-१९ विश्वकप क्रिकेटको उपाधि

    1.5K
    Shares

    माघ २७ काठमाडौं- बंगलादेशले बलियो मानिएको भारतलाई हराउदै पहिलो पटक आईसीसी यू-१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ। दक्षिण अफ्रिकाको पोचेफस्टरूममा भएको फाइनल खेलमा भारतलाई डीएल पद्दतिको आधारमा ३ विकेटले पराजित गर्दै बंगलादेशले उमेर समूहमा ऐतिहासिक उपाधि जितेको हो ।

    भारतले दिएको १७८ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४१ ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो ।

    बर्षाले खेल रोकिएपछि डिएल मेथडअनुसार खेल ४६ ओभरमा झारियो। ४६ ओभरमा झारेसंगै १ सय ७० रनको लक्ष्य पाएको बंगलादेशले ४२ ओभर १ बलमा ७ विकेट गुमाएर पुरा गर्यो र उपाधि जित्यो ।

    उपाधी जितेसंगै बंगलादेशले इतिहास रचेको छ। यो बंगलादेशको विश्वकप क्रिकेटको पहिलो उपाधि हो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend