logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • २७औंँ प्रहरी महानिरीक्षकको टुंगो अझै लागेन, मन्त्रिपरिषद बैठक भोलि फेरि बस्ने

    २७औंँ प्रहरी महानिरीक्षकको टुंगो अझै लागेन, मन्त्रिपरिषद बैठक भोलि फेरि बस्ने

    1.7K
    Shares

    माघ २७ काठमाडौं- नयाँ प्रहरी महानिरीक्षकको बारेमा निर्णय गर्न आज बसेको मन्त्रीपरिषद बैठकले नयाँ आइजीपीबारे निर्णय गर्न सकेन। बैठकले यसबारे निर्णय गर्न नसकेपछि भोलि मंगलबार बस्ने मन्त्रिपरिषद्को अर्को बैठकले आइजीपीबारे निर्णय गर्ने बताइएको छ।

    गृह मन्त्रालयको प्रस्तावमा प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी र आईजीपीको नियुक्ती सरकारले गर्ने नियम रहेको छ । आईजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवाअवधिको कारण भोलिबाट अवकास पाउन लागेकाले सरकारले नयाँ प्रमुख नियुक्त गर्न लागेको हो ।

    प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।

    अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend