काठमाडौं । प्रभु बैंकको बैंकिङ सेवा दुई दिनका लागि बन्द गरिने भएको छ ।
बैंकले एक सूचनामार्फत प्रयोगमा ल्याइएको कोर बैंकिङ स्टिमको भर्जन अपग्रेड गर्नका लागि आज (शुक्रबार) साँझ ५ बजे देखि भोलि (शनिबार) राति १० बजेसम्म एटिएमसहितका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुने जानकारी गराएको हो ।