logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

    कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

    1.4K
    Shares
    कोशीको प्रदेश सभामा बजेट अध्यादेश पेश

    विराटनगर । कोशीको प्रदेशसभामा सत्ता गठबन्धनले दर्ता गरेको बजेट अध्यादेश अस्वीकार सम्बन्धी पेश गरिएको प्रस्ताव फिर्ता भएको छ । योसँगै बजेट अध्यादेश प्रदेशसभामा पेश भएको छ ।

    गत जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट अध्यादेशबाट ल्याएका थिए । सो अध्यादेश असार १४ गते संसदमा टेबुल गरिएको थियो ।

    अध्यादेश अस्वीकारका लागि कांग्रेसले छुट्टै, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले संयुक्त रुपमा अस्वीकारको प्रस्ताव सदनमा दर्ता गराएका थिए ।

    आज (शुक्रबार) बसेको प्रदेशसभा बैठकमा सत्तारुढ दलले अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता लिएका हुन् । कांग्रेसका तर्फबाट प्रमुख सचेतक भुपेन्द्र राई र माओवादी केन्द्रका सांसद नारायण बुर्जामगरले प्रदेशको समीकरण र परिस्थिति परिर्वतन भएका कारण अस्वीकारको प्रस्ताव फिर्ता लिएको बताए ।

    अध्यादेश अस्वीकारको प्रस्ताव फिर्ता भएपछि प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले बजेटसम्बन्धी अध्यादेश संसदमा पेश गरेका छन् ।

    संसदमा पेश भएको अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक भदौ १० सम्ममा पास गर्नुपर्ने संवैधानिक बाध्यता छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend