logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • हङकङ र थाइल्याण्ड एशिया यु–२० रग्बी सेभेन्समा च्याम्पियन

    हङकङ र थाइल्याण्ड एशिया यु–२० रग्बी सेभेन्समा च्याम्पियन

    959
    Shares
    हङकङ र थाइल्याण्ड एशिया यु–२० रग्बी सेभेन्समा च्याम्पियन

    काठमाडौं । हङकङ र थाइल्याण्डले नेपालमा भएको एशिया यु–२० रग्बी सेभेन्सको उपाधि जितेका छन् । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आईतवार सम्पन्न यु–२० रग्बी सेभेन्समा हङकङले पुरुषमा र थाइल्याण्डले महिलामा उपाधि जितेका हुन् ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा महिलातर्फ  सम्पन्न डबल राउण्ड रोविन लिगमा स्कोरअन्तरको आधारमा हङकङलाई पछि पार्दै उपाधि जितेको हो ।

    चार राष्ट्र सहभागी लिगमा हङकङ र थाइल्याण्डले समान १६ अंक प्राप्त गरेको थियो । तर, १३ स्कोरअन्तरमा हङकङलाई पछि पार्दै थाइल्याण्ड च्याम्पियन भयो ।

    यी दुईबीच पहिलो लेगमा हङकङले १२–७ ले जित्दा दोस्रो लेगमा थाइल्याण्डले १९–१२ ले बदला लिन सफल भयो । लिगकै अन्तिम खेलमा हङकङले मलेसियामाथि ५०–७ को जित रचे पनि उपाधिका लागि पर्याप्त भएनन् र थाइल्याण्डले विजयी उत्सव मनायो । मलेसिया तेस्रो हुँदा नेपाल पुछारमा रह्यो । पुरुषतर्पm फाइनलमा भने हङकङले मलेसियामाथि १९–१४ को जित निकाल्दै उपाधि उचाल्यो । अन्तिम ३० सेकेण्ड बाँकी छँदा दुवै टोली १४–१४ अवस्थामा थिए ।

    तर, हङकङले अन्तिम समयमा ट्राइ गर्दै जित दर्ता गर्न सफल भयो । शनिवार नै भएको पाँचौं स्थानका लागि भएको प्लेअफमा नेपालले उज्बेकिस्तानसँग २२–१९ ले हार व्यहोर्‍यो । अन्तिम २० सेकेण्ड बाँकी छँदासम्म १९–१७ को अग्रता जोगाउन नसक्दा नेपालले हार व्यहोरेको हो ।

    प्रतियोगिताको विजेताद्वय हङकङ र थाइल्याण्डलाई एसिया रग्बीका अध्यक्ष कायस अल धलाईले ट्रफी हस्तान्तरण गरेका थिए ।
    राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्यसचिव एवं एशिया रग्बीका कार्यकारी सदस्य टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले खेलाडीलाई पदक हस्तान्तरण गरेका थिए ।

    दुई दिने प्रतियोगितामा पुरुषमा सात टोलीबीच लिग कम नकआउटका आधारमा प्रतिष्पर्धा भएको थियो । महिलामा भने चार टोलीबीच डबल लिगमा प्रतियोगिता भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend