काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू–१६ साफ च्याम्पियनसिप खेल्ने टोलीको घोषणा गरेको छ ।
भुटानमा सेप्टेम्बर १–१० सम्म आयोजना हुने साफ यू–१६ मा प्रतियोगिताका लागि आज सोमबार अन्तिम टोली घोषणा गरिएको हो । टोलीको प्रमुख प्रशिक्षक रविन्द्र शिलाकार रहेका छन् ।
प्रतियोगिता दुई समूहमा वर्गीकरण गरेर हुनेछ । समुह ‘ए’ मा नेपाल, भारत र बंगलादेश छन् भने समुह बीमा आयोजक भुटान, माल्दिभ्स र पाकिस्तान रहेका छन् ।
नेपाली टोली:
गोलकिपरः विशेष बाँनिया, पेम्बा नोर्बु भोटे, भक्तबहादुर परियार
डिफेन्डरः एकराज विश्वकर्मा, किशान थापा, अरविन्द कुमार धामी, भुवन कामी, प्रशान्त मोक्तान, निशान राज लावत, किशोर कुमार दनुवार, सरन वि।क।
मिडफिल्डरः सुजल स्याङ्तान, राम थामी, पेम्बा तामाङ, गणेश पुलामी मगर, विनायक थारु, सुवास बम, लक्ष्मण थामी, दिलान लिम्बु
फरवार्डः सन्तोष गोङ्बा, रोहित श्रेष्ठ, हिमेश माझि, दर्शन अधिकारी ।