सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

माधव नेपालले पेश गरे ४० पृष्ठ लामो राजनीतिक प्रतिवेदन, एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने यस्ता छन् सात आधार

माधव नेपालले पेश गरे ४० पृष्ठ लामो राजनीतिक प्रतिवेदन, एमालेसँग विद्रोहको औचित्य पुष्टि गर्ने यस्ता छन् सात आधार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

राजधानीमा मंगलबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले आफ्नो ४० पृष्ठ लामो प्रतिवेदन पेश गर्दै एमालेसँग विद्रोह गर्नुको औचित्य पुष्टि गर्ने जमर्को गरेका छन् ।

यस्तै अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थितिबारे संक्षिप्त टिप्पणी गर्दै प्रतिवेदनमा नेपाली समाजको विशिष्ट अवस्थाबारे पनि चर्चा गरिएको छ ।

यसैगरी पार्टीको सैद्धान्तिक वैचारिक दृष्टिकोण, समाजवादी कार्यक्रम र कार्यदिशाबारे उल्लेख गर्दै नेपालले ७ कारणले आफ्नो पार्टी एमाले भन्दा फरक रहेको र विद्रोहको औचित्य पुष्टि गर्ने प्रयास गरेका छन् ।

यस्तै आगामी कार्ययोजनका रूपमा नेपालले सङ्गठनात्मक काम, विचारधारात्मक, प्रचारात्मक, आर्थिक कामका साथै कार्यालय व्यवस्थापन, अभिलेख व्यवस्थापन, जनजागरण अभियान र राष्ट्रिय अभियान सञ्चालन गर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend