सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

कप्तान रोहित पौडेल भन्छन्ः भारत र पाकिस्तानसँग उत्कृष्ट क्रिकेट खेल्नेछौँ

कप्तान रोहित पौडेल भन्छन्ः भारत र पाकिस्तानसँग उत्कृष्ट क्रिकेट खेल्नेछौँ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल एसिय कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल्ने बताएका छन् ।

एसिया कप क्रिकेट खेल्न जाने टोलीलाई नेपाल क्रिकेट संघ क्यानले गरेको बिदाइ कार्यक्रममा उनले भारत र पाकिस्तानसँग नेपाली टिमले एक उत्कृष्ट क्रिकेट खेल्ने बताएका हुन् ।

नेपाली टिमको आत्मविश्वास बलियो रहेकाले दुवै बलिया टिमसँग खेल्ने उत्साह रहेको रोहितले बताए ।

प्रशिक्षक मोन्टी देशाइ पनि यो प्रतियोगिताको लागि आफू निकै सकरात्मक रहेको बताए । ‘५र६ महिना हामी जित्ने मानसिकताले खेलिरहेका थियौं । म त्यो मानसिकता कहिल्यै परिवर्तन नहोस् र बारम्बार देखियोस् भन्ने चाहन्छु’, प्रशिक्षक मोन्टी देशाइले भने ।

एसिया कप क्रिकेटका लागि नेपाली टिम आजै पाकिस्तान प्रस्थान गर्दै छ । पाकिस्तानमै अभ्यास गरेर घरेलु टोलीसँग एसिया कपमा आफ्नो पहिलो खेल खेलेर नेपाल भारतसँगको खेलका लागि श्रीलंका जाने छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend