सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

भारत बन्यो चन्द्रमामा पुग्ने चौथो राष्ट्र, चन्द्रयान–३ को सफल अवतरण

भारत बन्यो चन्द्रमामा पुग्ने चौथो राष्ट्र, चन्द्रयान–३ को सफल अवतरण

काठमाडौं । भारतले चन्द्रमामा सफल रुपमा यान अवतरण गराएको छ । चन्द्रयान–३ नामक यान बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण गरेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको हो ।

श्रीहरिकोटाबाट जुलाई १४ मा दिउँसो २ः३५ मा उक्त चन्द्रयान ३ ले उडान गरेको थियो । उडान गरेको चन्द्रयान–३ ले ४० दिन लामो यात्रा पूरा गर्दै गन्तव्यमा पुग्न सफल भएको छ ।

यससँगै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्ने पहिलो देश पनि बनेको छ। यसअघि सन् २०१९ मा भारतले चन्द्रयान–२ को ल्यान्डर चन्द्रमा पठाएको थियो तर, अवतरण क्रममा दुर्घटनामा परेर सम्पर्कविच्छेद हुन पुगेको थियो। तर, यसपटक भने त्यो गल्ती सच्याइएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend