माघ २९ काठमाडौं पुर्वप्रधानमन्त्तीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईको विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियारले नेपाल र भट्टराईलाई मुद्दा नचलाउने निर्णय गरेपछि उनीहरुलाई पनि कारवाहीको माग गर्दै मुद्दा दायर भएको हो।
अधिवक्ता बालकृष्ण न्यौपानलेले मुद्दा दायर गरेका हुन्। तत्कालिन मन्त्रीलागायत् अन्यलाई अख्तियारले मुद्दा दायर गरेको तर नीगिगत निर्णय भन्दै फाइल अगाडी बढाउन आदेश दिने तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाइनु न्यायोचित नहुने भन्दै मुद्दा दायर गरेको न्यौपानेले बताएका छन्।
जग्गा प्रकरणमा चलखेल गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ २२ गते ३ पुर्वमन्त्री विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ, चन्द्रदेव जोशी सहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तर नेपाल र भट्टराईलाई भने नीगिगत निर्णय भन्दै मुद्दा चलाउन नमिल्ने बताएको थियो।