बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

पाकिस्तान उड्नुअघि सन्दीप लामिछानेले भने एसिया कपका लागि तयार छु

पाकिस्तान उड्नुअघि सन्दीप लामिछानेले भने एसिया कपका लागि तयार छु

काठमाडौं । एसिया कप–२०२३ का लागि पाकिस्तानतर्फ उड्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पीनर सन्दीप लामिछाने प्रतियोगिताका लागि आफू तयार रहेको बताएका छन् ।

“टिमले अहिले राम्रो पफर्मेन्स गरिरहेको छ । पाकिस्तानमा पनि अभ्यास गेम खेलेको थियो । म फिट छु, खेल्नका लागि रेडी छु । एसिया कपमा हामी एकदमै धेरै राम्रो गर्नेछौँ । यो हाम्रो लागि खुसीको पर्वजस्तै हो । किनभने, सधैँ यस्ता टिमसँग खेल्न पाउँदैनौँ । अब निरन्तर कसरी खेल्ने भन्ने बारेमा छलफल गर्नुपर्छ,” सन्दीपले भने ।

आज बिहान ११ः२० बजे सन्दीप कतार एयरवेजको फ्लाइटमार्फत दोहा हुँदै पाकिस्तान गएका छन् । सोमबारै सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङको उपस्थितिमा बिदाइ गरिएको थियो ।

एक नाबालिगको बलात्कार आरोप मुद्दाको पेसी यही भदौ २१ गतेलाई तोकिएपछि सन्दीप पाकिस्तान जाने निश्चित भएको हो । उक्त मुद्दामा आइतबार पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’मा परेको थियो ।

गएको मंगलबार सन्दीपबाहेक नेपाली टिम एसिया कपका लागि पाकिस्तान गएको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले घरेलु टिम पाकिस्तान र भारतसँग खेल्नेछ । नेपालले पाकिस्तानसँग भदौ १३ र भारतसँग भदौ १८ गते खेल्ने तालिका छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend