logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, दुई सातामा दुई पटक वृद्धि

    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, दुई सातामा दुई पटक वृद्धि

    3.2K
    Shares
    फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य, दुई सातामा दुई पटक वृद्धि

    काठमाडौँ । सरकारले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेशनले भदौ १४ गते पठाएको नयाँ मूल्य सूची अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ। पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँ बढाइएको छ।

    यो सँगै पछिल्लो दुई सातामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

    नेपाल आयल निगमले भदौ १५ गतेबाट पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। यसअघि साउन ३१ गते पनि मूल्यवृद्धि गरेको थियो।

    अब चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा प्रतिलिटर १८१ रुपैयाँ तथा काठमाडौं, दाङ र दिपायलमा प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ।

    यसैगरी, चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा डिजेल र मट्टीतेल प्रतिलिटर १६७ रुपैयाँ ५० पैसा, सुर्खेत र दाङमा प्रतिलिटर १६९ रुपैयाँ तथा काठमाडौं, दाङ र दिपायलमा प्रतिलिटर १७० रुपैयाँ पुगेको छ।

    त्यस्तै, खाना पकाउने ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढाइएको निगमले जनाएको छ। अब देशभर ग्यासको मूल्य प्रतिसिलिन्डर एक हजार ८९५ रुपैयाँ पुगेको छ। यसअघि एक हजार ६६० रुपैयाँ थियो।

    यसअघि साउन ३१ मा पनि निगमले पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो। स्वचालित मूल्य प्रणाली लागू गरिएको र अब भारतमा बढ्दा नेपालमा पनि बढ्ने तथा भारतमा घट्दा नेपालमा पनि घट्ने निगमको भनाइ छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend