logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रचण्ड भन्छन् ललिता निवास प्रकरणमा माधवजी पहिलोपटक निर्दोष सावित हुनुभयो

    प्रचण्ड भन्छन् ललिता निवास प्रकरणमा माधवजी पहिलोपटक निर्दोष सावित हुनुभयो

    1.9K
    Shares
    प्रचण्ड भन्छन् ललिता निवास प्रकरणमा माधवजी पहिलोपटक निर्दोष सावित हुनुभयो

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् । शुक्रवार पोखरामा आयोजित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले भ्रष्टाचार प्रकरणमा जुनसुकै पार्टी भए पनि दोषी भए कारबाही हुनुपर्छ भनेर आफैले भनेको भन्दै उनले अघि भने,‘तपाईँहरूले हेर्नुभयो भने माधवजी यहाँ हुनुहुन्छ । माधवजीको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो भनेर बनिनै राख्यो ।’

    प्रधानमन्त्री प्रचण्डले माधव नेपालमाथि सीआईबीले बयान लिएपछि प्रश्न उठाउने ठाउँ नै नरहेको बताए । ‘र, पहिलोचोटी अहिले उहाँ निर्दोष हो भन्ने साबित भएको छ । औपचारिक ढङ्गले साबित भयो अब फेरि प्रश्न उठाउने ठाउँ रहेन’, प्रचण्डले भने,‘ किनभने सीआईबीले अन्ततः उहाँको पनि के हो कुरा भनेर बयान त लियो र निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएपछि सँधैको टेन्सन माधवजीलाई मात्र होइन त्यो टेन्सन मलाई पनि थियो , अब हट्यो ।’ उनले त्यो टेन्सन केपी ओली प्रधानमन्त्री हुँदा आफूलाई पनि रहेको बताए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend