logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • मैले अघि बढाएका साहसिक र जनपक्षीय कामहरु इतिहासले सम्झिने छः प्रधानमन्त्री प्रचण्ड

    मैले अघि बढाएका साहसिक र जनपक्षीय कामहरु इतिहासले सम्झिने छः प्रधानमन्त्री प्रचण्ड

    973
    Shares
    मैले अघि बढाएका साहसिक र जनपक्षीय कामहरु इतिहासले सम्झिने छः प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले इतिहासले नै सम्झिनेगरी साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको बताएका छन् ।

    शनिबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू नेतृत्वमा रहेको सरकारले सामाजिक न्यायको प्रत्याभूति, सुशासन, सार्वजनिक सेवा, प्रवाहमा जनताको सहज पहुँच र विकासलाई मुख्य प्राथमिकता दिँदै काम गरिरहेको उल्लेख गरे ।

    ‘सरकारले इतिहासले नै सम्झिनेगरी कयौं साहसिक र जनपक्षीय कामहरु अघि बढाइरहेको छ । एकपछि अर्को गर्दै सरकारबाट अघि सारिएका कामहरुले जनतामा राजनीति र व्यवस्थाप्रति नै विकास हुँदै गएको निराशा चिरेर आशा र भरोसाको वातावरण सिर्जना गरिरहेको छ,उनले भने, राजनीतिक र सामाजिक अराजकताको स्थानमा सकारात्मक भाष्यको निर्माण हुँदै सरकार र प्रणालीप्रतिको विश्वास क्रमशः बढ्दै गएको छ । तर हामीले आफैंले गरेका राम्रा काम पनि जनतासम्म पुर्‍याउन सकेका छैनौं । यो अभियानले सरकारका तर्फबाट भइरहेका जनपक्षीय कामहरुलाई समेत जनतामा सम्प्रेषण गर्दै सरकार र जनताबीच सम्बन्ध बिस्तार गर्नेछ ।’

    दाहालले जनताले देखेका सपना, अपेक्षा पूरा गर्ने दिशामा राजनीति गतिशील हुने बताए । उनले नेपालको राजनीतिक आन्दोलन नयाँ चरणमा प्रवेश गरेको समेत बताए । दाहालले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाबाट भर्चुअल माध्यमबाट देशभर अभियानको उद्घाटन गरेका हुन् । आज दिउँसो १ बजे सबै वडाहरुले कार्यक्रम राखी अभियान सुरु गर्दैछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend