logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • वर्षाका कारण भारत र पाकिस्तान अङ्क बाँड्न बाध्य

    वर्षाका कारण भारत र पाकिस्तान अङ्क बाँड्न बाध्य

    2.2K
    Shares
    वर्षाका कारण भारत र पाकिस्तान अङ्क बाँड्न बाध्य

    एजेन्सी । वर्षाका कारण भारत र पाकिस्तानले अङ्क बाँड्न बाध्य भएका छन् । पानी परेपछि दोस्रो पारीमा एक बल पनि नफाली खेल सकिएको हो ।

    खेल रद्द भएसँगै दुवै टोलीले १–१ अङ्क पाएका छन् । समूह ए मा पाकिस्तान दुई खेलबाट ३ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । भारत १ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल अङ्कविहीन रहेको छ । अब समूहको अन्तिम खेलमा भाेलि नेपाल र भारत भिड्नेछन् । यो खेलको विजेता टोली नै सुपर फोरमा पुग्नेछ । तर वर्षाको कारण अङ्क बाँड्नुपर्ने भएमा भारत सुपर फोरमा जानेछ ।

    यसअघि पाकिस्तानका तीव्र गतिका बलरहरूको उत्कृष्ट प्रदर्शनका बाबजुद भारतले २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६६ रन बनाएको थियो ।

    शाहीन शाह अफ्रिदी, नसिम शाह र ह्यारिस राउफको घातक बलिङसामु भारतको शीर्ष क्रम नतमस्तक बने पनि ईशान किसन र हार्दिक पाण्ड्याले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गरेका थिए । पाण्ड्याले सर्वाधिक ८७ रन बनाए भने ईशानले ८२ रनको पारी खेले ।

    यसअघि भारतले शीर्ष चार ब्याट्सम्यान मात्र ६६ रनमा गुमाएको थियो । पाकिस्तानका लागि अफ्रिदीले ४ तथा शाह र राउफले ३–३ विकेट लिए । एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend