logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • जनगुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुन्छः प्रधानमन्त्री

    जनगुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुन्छः प्रधानमन्त्री

    1.6K
    Shares
    जनगुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुन्छः प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका गुनासो गम्भीरतापूर्वक सम्बोधन गर्नसके मात्रै लोकतन्त्र बलियो हुने बताएका छन् । लामो समयदेखि निष्क्रिय हेलो सरकारको २४ घण्टै सेवा उद्घाटन गर्दै सरकार र नागरिकबीचको सम्बन्धलाई अझै घनिभूत गराउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सक्रिय तथा सशक्त बनाउने आवश्यक भएको उनले बताए ।

    प्रधानमन्त्रीले भने, ‘विश्वका लोकतान्त्रिक मुलुकहरूका लागि आजको प्राथमिकता भनेको नै सार्वजनिक निकायहरूमा पारदर्शिता र उत्तरदायी प्रणालीको प्रवर्धन गरी नागरिकको विश्वास आर्जन गर्नु हो । वर्तमान राज्यप्रणालीप्रति नागरिकहरूको सकारात्मक अपेक्षा हुनु स्वाभाविक नै हो । यी अपेक्षाबीच जनतामाझ जन्मने गुनासो तथा जिज्ञासाहरूको तत्काल उचित सम्बोधन गर्न सकिएन भने जनता र सरकारबीचको दूरी बढ्दै जाने, राज्य र व्यवस्थाप्रति आम जनताको निराशा र असन्तुष्टि चुलिँदै जान सक्ने विषयको बोध गरेर नै मैले सरकारको नेतृत्व लिएको दिनदेखि सुशासन प्रवर्द्धनको कडीको रूपमा हेलो सरकारलाई थप प्रभावकारी बनाउन संरचनात्मक सुधारको विषयमा सचिवज्यूहरूसँगको बैंठकमा मैले दिशानिर्देश गरेको थिएँ । यसैगरी संसदमा पनि मैले हेलो सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छु ।’

    हेलो सरकारलाई केन्द्रीयस्तरमा मात्र सीमित नगरी प्रदेश र स्थानीय तहमा समेत यसको सञ्जाल विस्तार गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend